ग्यासु मिया देवान
बिरगंज / बिरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखाले आज पत्रकार सम्मेलन गरिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला खोप समन्वय समिति पर्साको निर्णय अनुसार पर्सा जिल्लाको १४ वटा स्थानीय तहहरुमा एक साथ फाइजर खोप कार्यक्रम संचालन गरिएको हो ।
लेभलमा म्याद गुज्रिएको बारे भ्रम फैलाइएको हल्लालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बिश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार उक्त खोपमा सेल्फ लाईफ तीन महिना थप गरिएको बिरगंज महानगरको स्वास्थ्य महाशाखा प्रमुख रितेश जैसवालले बताए ।
‘राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णय अनुसार र जिल्ला प्रशासन कार्यालय पर्साको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला खोप समन्वय समिति पर्साको निर्णय बमोजिम बिरगंज महानगर पालिकाले सोमबार देखी ५ बर्ष देखी ११ बर्षसम्मको बालबालिकाहरुलाई हरेक वडामा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको बिरगंज महानगरको स्वास्थ्य महाशाखाले जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको पत्रमा खोपको लेबलमा म्याद गुज्रिएको भएतापनी उक्त खोपको म्याद तीन महिना सम्म रहने उल्लेख गरिएको हुन्दा बिरगंज महानगरले संचालन गरेको खोप अभियानमा कुनै किसिमको भ्रममा नपरिदिनु बिरगंज महानगरले आग्रह गरेको छ ।
प्रतिक्रिया