वीरगन्ज,३० पुस : वीरगन्ज स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयले यस वर्ष पर्सा र बाराका किसानबाट करिब ४ करोड रुपैया बराबरको धान खरिद गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पर्सा र बारा गरि दुवै जिल्लाका किसानबाट १३ हजार ८ सय ९० क्विन्टल धान खरिद गरेको हो । यस वर्ष पुस ११ गते देखि धान खरिद सुरु गरेकोमा बिहीबारसम्ममा शाखाले प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँको दरले ४ करोड ३५ लाख रुपैयाँ बराबरको धान खरिद गरेको शाखा प्रमुख विकास कटुवालले जानकारी दिए ।
शाखाले गत पुस २२ थते देखि नै धान खरिद कार्य बन्द गरेकोेमा शाखा परिसरमा भित्रिसकेको धान बिहीबार सम्म तौल गरेको थियो ।
यस वर्ष बाराको फेटा गाउँपालिका र पर्साको पोखरिया नगरपालिका, विन्ध्यवासिनी तथा जगरनाथपुर गाउँपालिकाका किसानले बढी धान बिक्री गर्न ल्याएको शाखा प्रमुख कटुवालले बताए ।
शाखाले यस वर्ष सोना मन्सुली धान १० हजार र जिरा मसिनो धान २ हजार क्विन्टल गरी कुल १२ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । तर किसानले जिरा मसिनो धान नल्याएपछि शाखाले त्यस बराबरको सोना मन्सुली धान नै खरिद गरेको थियो । पछि केन्द्रबाट यस वर्षको कोटामा थप गरी कुल १५ हजार क्विन्टलसम्म धान खरिदको अनुमति पाएको थियो । साभार ः कान्तिपुर
The post वीरगन्जमा सरकारले किसानसंग किन्यो ४ करोडको धान appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया