स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

व्याक्तिको कब्जामा रहेको जग्गा खाली गराउन वीरगन्ज महानगर सफल

SHARE: 520

मधेसखबर
वीरगन्ज,२६माघ : वीरगन्ज महानगरपालिकाले व्याक्तिको कब्जामा रहेको जग्गा अदालतले फैसला गरेको ८ वर्ष पछि मात्रै खाली गराउन सफल भएको छ ।सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गरेको सार्वजनिक जग्गा भूमाफियाको कब्जाबाट छुटाउन पनि वीरगन्ज महानगरपालिकालाई ८ वर्ष समय लागेको हो ।

तत्कालिन नगरविकास समितिको नाममा रहेको वीरगन्ज महानगरपालिका वडा नम्बर नम्वर ८ मा रहेको कित्ता नम्बर ६१ को १० धुर जग्गा , भूमाफियाको कब्जाबाट छुटाउन महानगरलाई झण्डै ८ वर्ष समय खर्चनु परेको हो ।जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतबाट २०७२ फागुन २ गते मै महानगरको पक्षमा फैसला आएको भए पनि भूमाफियाले कब्जा गरेको उक्त जग्गा महानगरले खाली गराउन सकेको थिएन ।

वीरगन्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंह निर्वाचित भएर आएसँगै भूमाफिया र कर्मचारीको मिलेमतोमा कब्जा गरिएका सार्वजनिक जग्गा खोजी तथा खाली गराउने अभियान नै चलाइएको छ ।त्यहि अभियान अन्तर्गत सर्वोच्च अदालतले ८ वर्ष पहिले नै फैसला गरेको जग्गा अझै सम्म भूमाफियाले कब्जा गरेर राखेको भेटिएपछि बिहीबार बिहान मेयर आफैं डोजर लिएर खाली गराउन पुगेका थिए । बिहीबार बिहान भूमाफियाले कब्जा गरि १० धुर जग्गामा बनाएको पक्की संरचना डोजर लगाएर हटाइएको छ ।
यसअघि पनि जग्गा खाली गराउन २ पटक नगरविकासको टोली पुगेको थियो । तर तत्कालिन महानगर नेतृत्वले सहयोग नगरेपछि त्यसबेला जग्गा खाली गराउन सकिएको थिएन ।

भूमाफियाले व्यक्तिको नाममा जग्गा हडपेको थाहा पाए पछि नगर विकासले २०५८ भदौ १० गते पर्सा जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । तत्कालिन न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले २०६१ माघ २७ गते नगर विकासको पक्षमा फैसला गर्दै जग्गा नगर विकासकै रहेको ठहर गर्दै नगर विकासको पक्षमा नै फैसला दिएको थियो ।

तर जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै जग्गा धनी दावी गर्ने पवन कुमार शर्माले पुनरावेदन अदालतमा मुद्धा दायर गरेका थिए । तर पुनरावेदन अदालतले पनि २०६३ जेठ १८ मा जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गर्दै नगर विकासकै पक्षमा फैसला दिएको थियो ।मुद्धा चलिरहेकै बखत जग्गा धनी दावी गरेका पवन शर्माले नन्दकिशोर श्रीवास्तवलाई मालपोतका कर्मचारीको मिलेमतोमा जग्गा नामसारी समेत गरिदिएका थिए ।पछि जिल्ला र पुनरावेदन अदालत दुवैको फैसला चित्त नबुझेको भन्दै पवन कुमार शर्मा र नन्दकिशोर श्रीवास्तवले फेरि सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।तर सर्वोच्च अदालतले पनि २०७२ फागुन २ गते जिल्ला र पुनरावेदन अदालतले गरेको फैसलालाई सदर गर्दै नगर विकासकै पक्षमा फैसला दिए पछि जग्गा विवाद टुंगिएको थियो ।
सर्वोच्चले गरेको फैसलामा भनिएको छ, ‘प्रतिबादी नन्दकिसोर श्रीवास्वतका नाउँ दर्ताको कि.नं.२३९ को हाल कायमी कि.नं.६१ को क्षे.फ.०–०–१६ मध्ये पश्चिम तर्फको ०–०–१० जग्गाको वादी दावी बमोजिम लिखत दर्ता बदर हुने ठहर्याई शुरु पर्सा जिल्ला अदालतको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत हेटौँडाको मिति २०६३÷२÷१८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्धाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनु ।’

सर्वोच्चको फैसलासँगै नगर विकासले आफ्नो नाउँमा लालपुर्जा समेत बनाइसकेको छ । तर जग्गा कब्जा गरेर बनेका संरचना हटाउन भने नसकि रहेको नगर विकासले अहिलेका मेयर सिंहको सक्रियतामा बिहीबार हटाउन सफल भएको हो । पहिले स्वायत्त रहेको नगर विकास अहिले भने महानगरकै शाखाको रुपमा रहेको छ ।

 

The post व्याक्तिको कब्जामा रहेको जग्गा खाली गराउन वीरगन्ज महानगर सफल appeared first on Madhes Khabar.


साभारः मधेसखबर

प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,387,Madhes Khabar,387,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,138,राजनीति,76,विजनेश,19,समाचार,48,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: व्याक्तिको कब्जामा रहेको जग्गा खाली गराउन वीरगन्ज महानगर सफल
व्याक्तिको कब्जामा रहेको जग्गा खाली गराउन वीरगन्ज महानगर सफल
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2023/02/2.Jaggaa-.jpg?resize=1024%2C576&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/02/blog-post_76.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/02/blog-post_76.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content