बारा,१४चैत : चर्च ब्वाईज यूनाईटेड क्लब, बाराकाे सिमरामा जारी १३ओै जितपुरसिमरा गाेल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
सिमरा रंगशालामा मंगलबार बेलुकी भएकाे खेलमा सशस्त्र प्रहरीकाे एपिएफ क्लबलाई २–१ गाेलले हराउँदै चर्च ब्वाईज युनाईटेडले अन्तिम चारमा स्थान पक्का गरेकाे हाे ।
एपिएफले बनाएको सुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमिफाइनल यात्रा तय गरेकाे हाे । रोमाञ्चक जितसंगै चर्च ब्वाइजले न्युरोड टिम एनआरटीसंगको अन्तिम चारमा भेट पक्का गरेकाे हाे । फाइनल प्रवेशका लागि चर्च ब्वाईजले अब बिहीबार एनआरटीको सामना गर्नेछ ।
मंगलबारकाे खेलको म्यान अफ दि म्याच चर्च ब्वाईजका अफ्रिकी मिडफिल्डर ओउसो वेम्पा घोषित भए ।
प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा मकवानपुर ११ ले हिमालयन शेर्पाको सामना गर्नेछ ।
The post सिमरा गाेल्डकप : एपिएफविरुद्ध राेमान्चक जित हात पार्दै चर्च ब्वाईज सेमिफाइनलमा appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया