काठमाडौं,२९फागुनः चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मोट माग्दै जनता समाजवादी पार्टी(जसपा) का नेता रामसहाय यादव विभिन्न दलका नेताहरूसँग भोट माग्न थालेका छन् । यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारमा भेट गरी भोट मागेका छन् ।
भेटका क्रममा प्रधानमन्त्री दाहालले उपराष्ट्रपतिको निर्वाचनबारे गठबन्धनको बैठक बसेर थप निर्णय आश्वासन दिएको जसपाका सांसद प्रदीप यादवले बताए । यादव सत्ता गठबन्धनकै उम्मेदवार भएकाले योजनाबद्ध तरिकाले कसरी अगाडि बढ्ने भन्दै निर्णय हुने प्रधानमन्त्रीले बताएको सांसद यादवले जानकारी दिए ।
प्रधानमन्त्री दाहाललाई भेट्नुअघि उपराष्ट्रपतिका उम्मेदवार यादवले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरी भोट मागेका थिए । उक्त भेटमा अध्यक्ष नेपालले उपराष्ट्रपतिको निर्वाचनका लागि सांसदहरूलाई प्रशिक्षण दिने लगायतका विषयमा गरेको सांसद यादवले बताए । भेटमा नेपालले सामूहिक भेटघाटका कुरा पनि गरेका थिए ।
उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतलाई भेट गर्ने कार्यक्रम रहेको सांसद यादवले जानकारी दिए ।
चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चार जनाको उम्मेदवारी रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै उपराष्ट्रपति पदका लागि जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारी, एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीकी ममता झासहित चार जनाको उम्मेदवारी कायम गरेको छ । जसपा र जनमत पार्टी सत्ता समर्थित ९ दलीय गठबन्धनमा आबद्ध छन् ।साभारः कान्तिपुर
The post दलका नेताहरुलाई भेटेर भोट माग्दै उपराष्ट्रपतिका उम्मेदवार यादव appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया