वीरगन्ज, २७ चैत : भारतमा जारी इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई पराजित गरेको छ । आइतबारराति भएको खेलमा हैदराबादले पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।
पञ्जाबले दिएको एक सय ४४ रनको लक्ष्य हैदराबादले १७ बल बाँकी छँदै २ विकेट गुमाएर भेट्टाएको हो । त्यसअघि पहिले व्याटिंग गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ४३ रन मात्र बनाएको थियो ।
आईपीएल क्रिकेट अन्तर्गत नै आइतबार साँझ भएको अर्को ेलमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको थियो । निकै रोमाञ्चक खेलमा कोलकाताले गुजरातलाई ३ विकेटले हराएको हो ।
अन्तिम ओभरमा जितको लागि २९ रन चाहिएकोमा कोलकाताका रिंकु सिंहले लगातार पाँच वटा छक्का हान्दै टिमलाई जिताए । गुजरातले दिएको २ सय ५ रनको लक्ष्य कोलकाताले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टाउको थियो
The post आईपिएल क्रिकेट : हैदराबादसंग पञ्जाब पराजित appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया