वीरगन्ज ,१३ जेष्ठ : नेपाल प्रेस युनियनकाे ३२ओैं स्थापना दिवसकाे अवसरमा बाराकाे कलैयास्थित जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।
शनिबार प्रेस युनियन बाराले कलैया अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेकाे । अस्पतालकाे विभिन्न वाडमा भर्ना भई उपचाररत ६० जना बिरामीहरुलाई फलफुल वितरण गरिएको नेपाल प्रेस युनियन बाराका उपाध्यक्ष वसन्त खतिवडाले जानकारी दिए ।
नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादवकाे अध्यक्षतामा भएकाे फलफुल वितरण कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य गणेश रिजाल, प्रेस युनियनका मधेस प्रदेश अध्यक्ष सत्यप्रसाद श्रेष्ठ , नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी , मधेस प्रदेश सदस्य सन्जिव कुमार मिश्र, पत्रकार महासंघ बाराका पुर्व उपाध्यक्ष राकेश पाण्डे , प्रेस युनियन बाराका नेता सिकेन्द्र पासवान लगायतकाे पनि सहभागीता थियाे ।
The post प्रेस युनियनद्वारा कलैया अस्पतालका बिरामीहरुलाई फलफुल वितरण appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया