वीरगन्ज, १५ जेष्ठ : सरकारले त्रिभुवन विमानस्थलको विकल्पका रूपमा बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउने घोषणा गरेको छ ।
सोमबार आगामी आर्थिक वर्ष २०८० /८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले निजगढ अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको काम छिट्टै सुरु गरिने बताएका हुन् । यस आयोजनाको पूर्व तयारीका लागि बजेट छुट्याइएको पनि उनले बताए ।
निजगढ अन्र्तराष्ट्रिय विमानस्थल निर्माणकोका लागि यस वर्ष वातावरणीय प्रभाव मूल्यांकन, जग्गा प्राप्तिसहितका पूर्वतयारीका काम सक्ने उनले बताए । लगानीको मोडालिटी टुंग्याएर निर्माण कार्य चाँडै अगाडि बढाइने बजेटमा घोषणा गरिएको छ ।
The post निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम छिट्टै सुरु गर्ने सरकारको घोषणा appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया