ग्यासु मिया देवान
रौतहट / प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास आज एक भब्य कार्यक्रम गरि सम्पन्न भएको छ ।
रौतहट र सर्लाहीको सिमामा पर्ने बागमती नदिको किनारमा नुनथर स्थित नदिको जलाशयमा उक्त अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गोताखोर टोलिले बाडी पहिरोबाट सर्वसाधारण जनतालाई कसरी जोगाउने र जोखिम कार्यलाई कसरी न्यूनीकरण गर्ने उदेश्यको साथ आज उक्त अभ्यास कार्यक्रम सम्पन्न भएको सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नामस्ता बाहिनी बर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाहले बताएका हुन ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त अभ्यास कार्यक्रममा प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्रालयका सचिव र आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी नेपाली सेनाका बाहिनीपति, सशस्त्र प्रहरी उपरीक्षकहरु, सशस्त्र प्रहरी नायब उपरीक्षकहरु, नेपाल प्रहरीका पदाधिकारीहरु
मधेस प्रदेश बिपद ब्यवस्थापन समिति लगायतको आयोजनामा भएको उक्त प्रदेश स्तरीय बिपद ब्यवस्थापन सयुक्त अभ्यास कार्यक्रममा स्थानीय सर्वसाधारण जनताहरुको उल्लेखनीय सहभागितामा सभ्य र भब्य रुपमा सम्पन्न भएको छ ।
प्रतिक्रिया