वीरगन्ज , १८ जेष्ठ : वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले वीरगन्जको खेलकुद क्षेत्रको विकास र यहाँका खेलाडीलाई प्रोत्साहित गर्न वीरगन्ज महानगरले काम गरिरहेको बताएका छन् ।
वीरगन्जस्थित नारायणी रंगशालाको क्रिकेट मैदानमा बिहीबारदेखि सुरु प्राउड कप वार्ड लेभल टि–ट्वान्टी नकआउट क्रिकेट टुर्नामेन्टको उद्घाटन गर्दै उपमेयर आलमले यस्तो बताएका हुन् ।
खेलकुद क्षेत्रले नै नेपालको नाम विश्वमा चिनाइरहेको भन्दै उपमेयर आलमले भने,‘ वीरगन्जबाटै अन्र्तराष्ट्रियस्तरका खेलाडी उत्पादन भइरहेका छन् , उनिहरुको मनोबल अझ बढाउन के गर्नु पर्छ ? त्यसकालागि महानगरले काम गरिरहेको छ ।
वीरगन्ज महाननगरमा खेलकुद क्षेत्रको विकासकालागि महानगरपालिकाले कार्यविधी निर्माण गर्ने तयारीमा महानगर लागिरहेको जानकारी पनि उनले गराए ।
प्रतियोगिताका संयोजक समिर मंसुरी र सायद मंसुरीको अध्यक्षता तथा उपमेयर आलमको आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति डाक्टर दिपक शाक्य,जनमत पार्टीका पर्सा जिल्ला संयोजक ओमप्रकाश सरार्फ,जियालाल साह, समीर मन्सुरी लगायतकोपनि उपस्थिती थियो ।
The post वीरगन्जको खेलकुद र खेलाडीको विकासका लागि महानगर लागिपरेको छ : उपमेयर आलम appeared first on Madhes Khabar.
साभारः मधेसखबर
प्रतिक्रिया