बारा / बिश्रामपुर गाउँ पालिकाको गाउँ सभा यही असार ९ गते सम्पन्न भएको छ ।
बिश्रामपुर गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत ई.सुधन लामिछानेले आएको चार महिनामै उत्कृष्ट काम गर्दै बिश्रामपुर गाउँपालिका का स्थानीय जनताहरुको मन जित्न सफल भएको मुसहरवा, बलिरामपुर र इटियाहीका स्थानीय बुद्धिजीवीहरुको भनाइ छ ।
मधेस प्रदेशमा नै पहिलो गाउँ सभा सम्पन्न गर्ने बिश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि ( जुबैर भाइ ) को चर्चा चारैतिर हुनथालेको स्थानीयहरुले जनाएका छन ।
बिगतमा भएको कमि कमजोरीलाई आत्मसात गर्दै नयाँ आउनु भएको प्रमुख प्रशासकीय अधिकृत ई.सुधन लामिछानेले बिश्रामपुर गाउँपालिकाको बिकासमा कुनै कमि नराखी बाटोघाट नालाको साथै स्कुलको सुन्दरीकरण, स्वास्थ्य शाखाहरुमा सुधारको कार्यक्रम र मठ मन्दिर तथा मस्जिदहरुको रंग रोगन, धर्मशालाको निर्माण, बिश्रामपुर गाउँपालिका को बाटोमा बिच्छा रोपन लगायतको काममा गा.पा. अध्यक्ष जुल्फकार अलि ( भुटो ) र प्रमुख प्रशासकीय अधिकृत इ.सुधन लामिछाने को बिशेश पहलमा उक्त कार्यहरू द्रुत गतिमा हुन थालेको स्थानीयहरु बताएका हुन ।
प्रतिक्रिया