ग्यासु मिया देवान
वीरगञ्ज / सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज भन्सारले बिरगंजको मुल गेटबाट श्रोत नखुलेको अवैध रकमसहित एक जना मानिस पक्राउ परेको हो ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंज भन्सारका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक राम जङ पाण्डेको नेतृत्वमा खटेको टोलिले विशेष सूचनाको आधारमा चार लाख नगदसहित मानिस र मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा १३ न. गण हे. क्वा. पर्साले जनाएका हुन ।
भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको प्रदेश २–०३–०१६ प १९३० स्कुटरलाई चेक- जांचको क्रममा लुकाइ छिपाई ल्याउदै गरेको अवस्थामा उक्त चार लाख रकमसहित मानिस र मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म बिरगंज भन्सारका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक राम जङ्ग पाण्डेले बताए ।
भारत बिहारको पुर्वी चम्पारण बाजितपुर निवासी ३७ बर्षिय राकेश जैसवालले ल्याई राखेको स्कुटी मोटरसाइकलको डिक्कीमा श्रोत नखुलेको अबैध रकम बरामद भएको स्थानीयहरुले बताएका हुन ।
उक्त पक्राउ परेका रकम मानिस र मोटरसाइकल सहित पाँच लाख मुल्यांकन गरि बिरगंज भन्सारमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक राम जङ्ग पाण्डेले जनाएका हुन ।
सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म बिरगंज भन्सारका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक राम जङ्ग पाण्डे आएको तीन महिनामै दस करोड बानबे लाख बराबरको चोरीपैठारी भएर आएको विभिन्न मालसामानहरु पक्राउगरि बिरगंज भन्सारमा बुझाइएको बिरगंज भन्सार कार्यालयले बताए ।
कुशल नेतृत्व इमानदार र बिभागले दिएको जिम्मेवारीलाई पुर्ण पालना गर्दै सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा कार्यालय १३ न. गण हे.क्वा. पर्साका प्रमुख गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निर्देशनलाई पुर्ण पालन गर्दै पर्साजिल्लाका सम्पुर्ण गुल्मपति र बि.ओ.पिहरुले आ-आफ्नो सिमा नाका हरुमा कडाइ गरिएको स्थानीय जनताहरुले बताएका हुन ।
इमानदार र निष्ठावान सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको कारण चोरीपैठारी गर्नेहरु भागाभाग भएको र राजस्व संकलनमा सफलता हासिल गरेको पर्साका बुद्धिजीवीहरुको भनाइ छ ।
राज्यले सिमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिएको हुन्दा उक्त जिम्मेवारीलाई पुर्ण पालना गर्दै सशस्त्र प्रहरी बल पर्साले सिमा नाकाहरुमा दिन रात गस्ती गर्नुको साथै आम जनताहरुको शान्ति सुरक्षामा खटि रहेको पर्साका स्थानीय सर्वसाधारणहरु जनाएका छन ।
प्रतिक्रिया