ग्यासु मिया देवान
रक्सौल / एंटी ह्यूमन ट्रैफिकिंग यूनिट क्षेत्रक मुख्यालय बेतिया एसएसबी कार्यालय 47वीं वाहिनी एसएसबी रक्सौल (बिहार) , लखनऊ पुलिस र मिशन मुक्ति फाउंडेशन, एनजीओ द्वारा विभूतिखंड गोमतीनगर लखनऊमा एक सन्युक्त (ज्वाइंट) रेस्क्यू ऑप्रेशन गरिएको हो ।
उक्त सन्युक्त छापामार अभियानमा एक मसाज सेन्टर ( स्पा ) सेंटरमा छापामारि गरिएको थियोे ।
सो (स्पा) मसाज सेन्टरबाट तीन जना युवती केटिहरुलाई पक्राउ गरि बन्धक बनाई राखिएको अवस्थामा मुक्त गराउनुको साथै मसाज सेन्टर संचालक सहित (६) जनालाई पक्राउ गरिएको मानव तस्करी रोधक छेत्रिय इकाई कार्यालय सशस्त्र सिमा बल ४७बि बाहिनी रक्सौल रक्सौलका प्रहरी निरीक्षक मनोज कुमार शर्माले बताएका हुन ।
एंटी ह्यूमन ट्रैफिकिंग यूनिट क्षेत्रक मुख्यालय बेतिया एसएसबी कार्यालय ४७वीं वाहिनी एसएसबी रक्सौल (बिहार) का ( इंस्पेक्टर ) प्रहरी निरीक्षक मनोज कुमार शर्मालाई केहि दिन पहिला जानकारी पाएको थियोे कि नेपाल र भारतको केहि स्थानका युवतीहरुलाई जबर्जस्ती लगेर जागीरको बहाना र प्रलोभनमा पारी जबर्जस्ती शारीरिक सम्बन्ध बनाउन मान्सिक तथा शारीरिक यातना दिने गरिरहेको जानकारी पाउन साथ लखनउ प्रहरीको सहयोगमा मानव तस्करी रोधक छेत्रीय इकाई कार्यालय एसएसबी 47बि बाहिनी रक्सौलका प्रहरी निरीक्षक मनोज कुमार शर्माको कमान्डमा खटिएको उक्त प्रहरी टोलिले सो (स्पा) मसाज सेन्टरमा छापामारी गरि संचालक सहित छ जनालाई पक्राउ गर्नुको साथै बन्धकमा परेका युवतीहरुलाई सकुशल उद्घार गरिएको मनोज कुमार शर्माले बताए ।
उक्त मसाज सेन्टरबाट बन्धक बनाइएका मध्यबाट एक जना युवती फुत्केर भागेर नेपाल आएका युवतीले बताएका थिए र सोही अनुसार जानकारी पाउन साथ प्रहरी निरीक्षक मनोज कुमार शर्माको कमान्डमा खटी गएको टोलिले लखनउ प्रहरी, मिशन मुक्ति फाउंडेशनका डाइरेक्टर वीरेंद्र कुमार सिंह र एनजीओ "हम"की डा. संगीता शर्मा, डा. सुचिता चतुर्वेदी, यूपी राज्यको बाल अधिकार संरक्षण आयोग लखनऊ 1090 को पुलिस अधीक्षक सुचित्रा चौधरी, लखनउ प्रहरी उपरीक्षक समेतको बिशेष सहभागितामा सन्युक्त छापामारी अभियान चलाएको प्रहरी निरीक्षक मनोज कुमार शर्माले जनाएका हुन ।
पक्राउ गरिएको मसाज सेन्टरका संचालकहरुलाई आवस्यक कार्यवाहीको लागि स्थानीय प्रहरीको जिम्मा लगाइएको छ र सकुशल उद्घार गरिएका युवतीहरु सङ अनुसन्धान भैरहेको प्रहरी निरीक्षक मनोज कुमार शर्माले बताए ।
प्रतिक्रिया