ग्यासु मिया देवान
बिरगंज / सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज भन्सारका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको दैनिक चेङ्गगस्ती टोलिले आज भारतको रक्सौलबाट बिरगंजतर्फ आउन्दै गरेको विभिन्न सवारी
साधनहरुमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा कपडा, हार्डवयर, पेयपधार्थको साथै अबैध माल समान ओसार पसारमा प्रयोग भएको सवारी साधन लगायतको अन्दाजी भन्सार मुल्य सात लाख बराबरको सामान आज सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल आएको दस दिनमै चोरीपैठारी तथा भन्सार छलीका विभिन्न सामाग्रीहरु समेत गरि बाईस लाख बराबरको अबैध माल समानहरु पक्राउ गरिएको बिरगंज भन्सार स्रोतले जनाएको छ ।
आज पक्राउ गरिएको उक्त कपडा, हार्डवयर, पेय पदार्थको साथै माल समान ओसारपसारमा प्रयोग भएको सवारी साधन लगायत अन्दाजी भन्सार मुल्य सात लाख बराबरको सामाग्री आजै बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल १३ न. गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जनाएका हुन ।
आएको दस दिनमै चोरीपैठारी तथा भन्सार छलीका अबैध समानहरु पक्राउ गर्नुको साथै उक्त एरियामा सिमा अपराध तथा राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय भुमिका निर्वाह गरिरहेको स्थानीयहरुले बताए ।
सिमा अपराध तथा राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल मधेस प्रदेश छिन्नामस्ता बाहिनी बर्दिवासका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाहको कडा निर्देशलाई पुर्ण पालना गर्दै सशस्त्र प्रहरी बल १३ न.गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्यको बिशेष पहलमा पर्सा जिल्ला मातहतका सम्पुर्ण सशस्त्र प्रहरी बलको युनिटहरुले सिमा अपराध तथा राजस्व चुहावट नियन्त्रणमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको स्थानीय बुद्धिजीवीहरुको भनाइ छ ।
प्रतिक्रिया