ग्यासु मिया देवान
बिरगंज / सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको सशस्त्र प्रहरी बलको टोलिले बिरगंज
महानगरपालिका वडा न.१६ को विभिन्न स्थानहरु बाट भन्सार छलि गरि अबैध रुपमा चोरीपैठारी गरि भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा रु. ७,२१,६९०।- बराबरको किराना सामान, कस्मेटिक्स, लत्ताकपडा र मोटरपार्टस सहितको विभिन्न सामानहरु पक्राउ गरी आवश्यक कार्वाहिको लागि आजै बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
त्यसै गरि आजै प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट खटिएको सशस्त्र प्रहरी टोलिले बिरगंज भन्सार एरियामा तैनाथ सशस्त्र प्रहरी बलको चेकप्वाईन्ट टोलिले भारतबाट नेपालतर्फ पैदल आउदै गरेकी एक महिलाले बोकेको झोलालाई चेक जांच गर्दा उक्त झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा भारतीय रु,५०० सय दरको प्रतिबन्धित नोट ३१० थान रु, १,५५०००/-बरामद गरि रुपैया सहित उक्त महिलालाई आवस्यक कार्यवाहीको लागी बिरगंज भन्सार कार्यालयमा बुझिएको सशस्त्र प्रहरी बल नेपाल १३ न.गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले बताएका हुन ।
सशस्त्र प्रहरी बल नेपाल १३ न. गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल आएको दुइ दिन नबित्दै आफ्नो मातहतका सम्पुर्ण युनिटहरुलाई कडाइका साथ सिमा सुरक्षा तथा चोरीपैठारी नियन्त्रण गर्न लगायतका क्रियाकलापमा सक्रिय रहन निर्देशन दिनुको साथै बिभागले दिएको जिम्मेवारीलाई पुर्ण पालना गर्न र सिमा अपराध तथा चोरीपैठारी नियन्त्रणमा दिन-रात आफै खटिरहनु भएको स्थानीयहरुले बताएका हुन ।
सशस्त्र प्रहरी बल पर्साले केहि महिना भित्रै भन्सार छली चोरीपैठारीका विभिन्न किसिमका अबैध मालसामान पक्राउ गरि बिरगंज भन्सार कार्यालयमा दाखिला गरेको तथ्यांक अनुसार राजस्व वृद्धि उच्च रहेको बिरगंज भन्सार स्रोतले जनाएको छ ।
प्रतिक्रिया