ग्यासु मिया देवान
बिरगंज / सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको सशस्त्र प्रहरी बलको टोलिले बिरगंज महानगर पालिका वडा न.१६ मा पर्ने भन्सार मेनगेट वरापरको एरियाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि नेपाल तर्फ ल्याँउदै गरेको रु.५,१०,६०५।- बराबरको कपडा र डिनर सेट सहित किराना सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
त्यसै गरि आजै सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले बिरगंज महानगर पालिकाको वडा न.१७ अलौ गाउँबाट अवैध रुपमा भन्सार छली चोरीपैठारी गरि भारतबाट नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु.१,१०,४८०/- बराबरको कपडा तथा किराना सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आजै विरगंज भन्सार कार्यालयमा बझाएको सशस्त्र प्रहरी बल १३ न.गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताउनु भएको हो
।
सशस्त्र प्रहरी बल नेपाल १३ न. गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल आएको केहि दिनमै चोरीपैठारी तथा भन्सार छलिका अबैध माल सामानहरु धमाधम पक्राउ गरि आवस्यक कार्यवाहीको लागी बिरगंज भन्सार कार्यालयमा बुझाउन थालिएको हो ।
नव आगन्तुक सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको कामाल ले गर्दा पर्सा जिल्लाका विभिन्न स्थानमा रहेको बोडर आउट पोष्ठ ( बि,ओ,पी ) र प्रस्तावित सिमा सुरक्षा गुल्महरुले राजस्व चुहावट नियन्त्रण तथा सिमा अपराध लगायतको क्रियाकलापमा व्यापक नीग्रानी बढाइएको स्थानीय बुद्धिजीवीहरुले बताए ।
सिमा क्षेत्रमा हुने अबैध गतिविधि र चोरीपैठारी तथा राजस्व चुहावट नियन्त्रणमा निष्ठावान भै इमान्दारीका साथ काम गर्ने अफिसरको रुपमा आउनु भएको सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललाई नजिकबाट चिनिने वहाका साथीहरुले यस क्राइम न्युज लाई बताएका हुन ।
आजै विन्दवासिनी गाउँपालिका वडा.३ मा रहेको छटिघाटबाट सशस्त्र प्रहरी बलको गस्ति टोलीले .रु.१८,८९०।-रुपैया बराबरको चामल र प्याज बरामद गरि आवश्यक कारवाहीको लागि आजै बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
त्यसै गरि आजै सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजको प्रहरी टोलिले भन्सार छली अबैध चोरीपैठारी गरि भारतबाट नेपाल तर्फ ल्याउन्दै गरेको अमुल चिज, बटर, मख्खन, र मोटरसाइकल सहित मुल्य रु, २,१,९४५/- बराबरको सामान गरि बिरगंज भन्सारमा बुझाएको हो ।
साथै सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजको टोलिले विभिन्न ब्राण्डका विभिन्न किसिमका औषधिहरु लुकाई छिपाई भारतबाट नेपालतर्फ ल्याउन्दै गरेको अवस्थामा उक्त औषधि मुल्य रु, ७,०५,२२३/-बराबरको पक्राउ गरि आवस्यक कार्यवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
आजै नेपालबाट भारततर्फ लग्दै गरेको अबैध घरेलु मदिरा ( रक्सी ) १५० लिटर पक्राउ गरि आजै नालामा बगाई नस्ट गरिएको हो ।
पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा न.२ को आस्वारीबाट खटिएको सशस्त्र प्रहरी बलको गस्ती टोलिले अबैध रूपमा भारतबाट नेपालतर्फ ल्याउन्दै गरेको दाल तथा किराना सामानहरु पक्राउ गरि बिरगंज भन्सारमा बुझाइएको हो ।
प्रतिक्रिया