ग्यासु मिया देवान
बिरगंज / सशस्त्र प्रहरी बल पर्साद्वारा चोरीपैठारी तथा भन्सार छलिका विभिन्न अबैध मालसामान पक्राउ गरिएको छ ।
बिरगंज महानगरपालिका वडा न.१० स्थित आदर्शनगरबाट सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलीले बेवारिसे अवस्थामा लुकाई छिपाई राखिएको अवस्थामा रु, ४,९७,४००/- मुल्य बराबरको उक्त सामान पक्राउ गरि आजै बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
त्यसैगरि सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिले भारतीय नम्बरको स्कुटी मोटरसाइकल सहित कपडा, मोटर पार्ट र किराना सामान मुल्य रु.३,५५,७४०/- बराबरको अबैध भन्सार छलिका सामान पक्राउ गरि आजै बिरगंज भन्सारमा बुझाइएको सशस्त्र प्रहरी बल १३ न. गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले जनाएका हुन ।
त्यसैगरि आजै सशस्त्र प्रहरी बल बि.ओ.पि.सिर्सियाबाट र बि.ओ.पि. बिन्दवासीनी गा.पा.वडा न.५ को प्रसौनिभाठाबाट समेत गरि रु.५८,५००।- बराबरको चिसो, चिनि लगायत कपडा बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साले बताए ।
प्रतिक्रिया