बिरगंज / श्रावण,४ / सशस्त्र प्रहरी बल पर्साको ठुलो उपलब्धि स्कुल बसबाट तस्करीको मालसामान पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट भन्सारको मुल गेटमा खटिएको सशस्त्र प्रहरी बलको चेक प्वाइन्ट टोलिले प्रदेश २-०३-००१ क ०११६ नम्बरको दिल्ली पब्लिक स्कुलको बसले आफ्नो स्कुलमा अध्यायनरत रक्सौल निवासि बिद्यार्थीहरुलाई भारतको रक्सौल छोडी नेपाल तर्फ आउने क्रममा अबैध रुपमा भन्सार छली बसमा लुकाई छिपाई लोड गरी नेपाल तर्फ अबैध रुपमा सामानहरु ल्याउदै गरेको छ भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजको टोलिले उक्त बसमा चेकजाँच गर्दा रु. २,६३,७००।- बराबरको कपडा तथा मोविल लगाएतका सामानहरु भेटिएकोले उक्त सामान सहित जि. बारा परवानीपुर गा.पा.-४ बस्ने बर्ष ३२ को किशोरी राम (चालक) र जि.पर्सा बिमनपा-११ श्रीपुर बस्ने बर्ष ४२ को दिपक गिरी (सह-चालक) लाई नियन्त्रणमा लिई उक्त बसको रु. ३०,००,०००।- मुल्याङ्कन गरि जम्मा रु. ३२,६३,७००।- बराबरको माल समान तथा सवारी साधन सहित निज चालक र सह-चालकलाई आबश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
साथै आजकै मितिमा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाटनै खटिएको गाडी मोबाईल टोलिले भारतबाट अबैध रुपमा भन्सार छली BR 05 AK 1321 नं.को स्कुटर तथा बिभिन्न सार्वजनिक सवारी साधनहरुमा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको रु. ८,८६,२८०।- बराबरको किराना सामान, कपडा, डाटा केबल र व्यक्तिले प्रयोग गर्ने नर्मल औषधी नियन्त्रणमा लिएको हुँदा स्कुटरको मुल्य रु.१,२५,०००।- मुल्याङ्कन गरी रु. १०,११,२८०।- बराबरको माल सामान तथा स्कुटर बरामद गरी आबश्यक कारवाहिको लागि आजै बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साले यस क्राइम न्युजलाई बताएको छ ।
त्यसैगरि आजैको मितिमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश पोखरियाबाट खटिएको गाडी मोबाईल टोलीले पोखरिया नं.पा.-२ बकाहबाट भारतबाट अबैध रुपमा भन्सार छलि ल्याई बिभिन्न स्थानमा लुकाई छिपाई राखेको रु. ६,३६,१६५।–बराबरको बदाम, लावा मिठाई, नरिवल, चिउरा, चिनि र चामल नियन्त्रणमा लिई आबश्यक कारवाहिको लागि आजै बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल १३ न, गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले यस क्राइम न्युजलाई बताउनु भएको हो ।
प्रतिक्रिया