वीरगन्ज,१साउनःवीरगन्ज–पथलैया सडकखण्डमा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुदाँ १५ जना घाइते भएका छन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
चितवनको नारायणगढबाट पर्साको वीरगन्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थित डाबर नेपाल प्रालि नजिकको सडकमा बिहान ११ बजेतिर अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा घाइते हुनेहरुमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ की ३३ बर्षिाया जानुका ढुंगाना, वडा नम्बर ७ अमलेखगन्जका ३३ बर्षिय शंकर गुरुङ, बाराकै कलैया उपमहानगरपालिका वडा नम्बर १८ मोतिसरका २१ बर्षिय कन्हैया गुप्ता,बाराकै महागढीमाई नगरपालिका वडा नम्बर ५ का १८ बर्षिय सर्वजित राम रहेका छन् ।
यस्तै मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ की ३९ बर्षिया सरस्वती काफ्ले, वडा नम्बर १५ का ३५ बर्षिय सागर गोले, वडा नम्बर ९ की ५३ बर्षिया गौरी श्रेष्ठ, वडा नम्बर ४ का ३० बर्षिय अमिर थापा, वडा नम्बर १५ का २५ बर्षिय सुमन लामापनि घाइते भएका छन् ।
दुर्घटनामा घाइते हुनेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीका ५० बर्षिय दिपेन्द्र कुमार गुप्ता, वडा नम्बर १५ भिस्वाका ४२ बर्षिय बिक्रम राना मगर , वडा नम्बर ६ माईस्थानका १८ बर्षिय सोयब अन्सारी तथा चितवनको कालिका गाँउपालिका वडा नम्बर ५ का ५५ बर्षिय तिलक भट्टराई,भारतको बिहार राज्यको रक्सौलका १८ बर्षिय साहिद अन्सारी र हालसम्म नाम वतन खुल्न नसकेका अन्दाजी बर्ष २४ का एक युवकपनि रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतितवडाले जाानकारी दिए ।
उनका अनुसार, घाइते १५ जना मध्ये बाराको अमलेखगन्जका शंकर गुरुङ , मोतिसरका कन्हैया गुप्ता र नाम वतन खुल्न नसकेका २४ बर्षिय युवकको अअवस्थाा गम्भीर छ । बाँकीको अअवस्था मध्यम र सामान्य रहेको उनले बताए ।घाइते सबैको वीरगन्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अअस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
The post वीरगन्ज–पथलैया सडकखण्डमा बस दुर्घटना: १५ जना घाइतेको पूरा विवरण appeared first on Madhes Khabar.
प्रतिक्रिया