ग्यासु मिया देवान
बिरगंज / श्रावण, ३/ सशस्त्र प्रहरी बल पर्साद्वारा ठुलो परिमाणमा कपडा पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल पर्साले पाएको बिशेष सूचना को आधारमा भारतबाट लुकाई छिपाई भन्सार छलिगरी भन्डारण गरि राखेको अवस्थामा ठुलो परिमाणको मालसामान कपडा पक्राउ गरिएको सशस्त्र प्रहरी बल पर्साले यस क्राइम न्युजलाई बताएका हुन ।
पर्सा जिल्लाको इतिहासमा पहिलो पल्ट सशस्त्र प्रहरी, नेपाल प्रहरी र बिरगंज भन्सार कार्यालयका प्रतिनिधि सहितको ठुलो जनशक्तिको टोलिले बिरगंज महानगर पालिका वडा न, २ को छपकैयामा विभिन्न घरमा छापामारी गरि सो परिमाणको कपडा पक्राउ गरिएको सशस्त्र प्रहरी बल १३ न, गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले यस क्राइम न्युजलाई बताउनु भएको हो ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिमा सशस्त्र प्रहरी बल १३ न, गण पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक बिश्वराज योन्जन नेतृत्वको टोलि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक बिजय चौहान नेतृत्वका टोलि र बिरगंज भन्सार कार्यालयका नायब सुब्बा बिष्णु प्रसाद चौधरी सहितको सयुक्तको टोलिले उक्त घरहरुमा खानतलासी गरि ठुलो परिमाणको भन्सार मुल्य रु, १३.१०.३००/- बराबरको थानको कपडा पक्राउ गरि आवश्यक कार्यवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले यस क्राइम न्युजलाई जनाएको छ ।
प्रतिक्रिया