काठमाडौं,९साउन :काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको छ। क्यानका प्रवक्ता शराज पाण्डेले जहाज दुर्घटनामा १९ जनाको शव भेटिएको र पाइलट मनिष शाक्यलाई उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए।
उनले भने,’ १९ जनाको शव संकलन गरिएको छ। यात्रु वा कर्मचारी को काे हुन् यकिन भएको छैन। पाइलटलाई उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।’ दुर्घटनाको थप विवरण आउन बाँकी छ।
बुधबार बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा साैर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।साभार:अन्नपूर्ण पाेष्ट
The post त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १९ जनाको मृत्यु appeared first on Madhes Khabar.
प्रतिक्रिया