स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वीरगन्जको नारायणी अस्पतालमापनि क्यान्सर रोगको उपचार सेवा सुरु

SHARE: 520

वीरगन्ज,२५भदौंःवीरगन्जको नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सुरु भएको छ ।मधेस प्रदेशमै पहिलो पटक वीरगन्जको नारायणी अस्पतालमा भभक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा क्यान्सर रोगको उपचार सेवा मंगलबारदेखि सुरु गरिएको हो ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा र उक्त उपचार हुने अंकोलेजी वार्डको सुभारम्भ गरे ।त्यसपछि आयोजित समारोहमा नारायणी अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हक र भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर उज्वल चालिसले नारायणी अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबिच विस्तारित क्यान्सर उपचार सेवा सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेर आदान प्रदान गरे।उक्त सम्झौतापत्रमा क्यान्सर उपचार सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति लगायतका प्राविधिक सहयोग भक्तपुर क्यान्सर अस्पतालले व्यवस्थापन गर्ने तथा आवश्यक भौतिक पूर्वाधार, उपकरण लगायतको व्यवस्थापन नारायणी अस्पतालले गर्ने उल्लेख छ ।

नारायणाी अस्पतालका निमित्त मेसु डाक्टर हकले मंगलबार मन्त्री पौडेलले औपचारिक रुपमा अंकोलोजी वार्डको समुद्घाटन गरेसंगै क्यान्सर उपचार सेवा सञ्चालनमा आएको बताए । क्यान्सर उपचार सेवाका लागि हाल ६ शैयाको अंकोलोजी वार्ड सञ्चालनमा ल्याइएको उनले बताए । उनले मधेस प्रदेशमै क्यान्सरको पहिलो उपचार सेवा नारायणी अस्पतालमा सुरु गरिएकोपनि बताए । यससंगै वीरगन्जसहित मधेस प्रदेशका क्यान्सर रोगीलाई अब काठमाडौं, चितवन वा भारतमा जानुपर्ने बाध्यता हटेकोपनि डा. चालिसले बताए ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. चालिसेका अनुसार नारायणी अस्पतालमा क्यान्सर रोगका प्राय सबै उपचार सेवा उपलब्ध छ । नारायणी अस्पतालमा क्यान्सर रोगको स्क्रिीनिंग,डाइग्नोसीस्, केमोथेरापी,पालिटिएभ केयर,रेफरेल, काउन्सिलिंग लगायतका सेवा सुरु गरिएको डा. चालिसले जानकारी गराए । नारायणी अस्पतालमा सुरु क्यान्सर उपचार सेवाका लागि भक्तपुर क्यान्सर अस्पताल हालका लागि मेडिकल अंकोलोजिष्ट सहित दुई जना चिकित्सक खटाएको जानकारी दिदैं उनले भने,‘नारायणी अस्पतालकै दुई जना नर्सलाई विशेषज्ञ तालिम दिएर पठाएका छौं ।’

यसका अतिरिक्त प्रत्येक महिना एक पटक भक्तपुर अस्पतालबाट नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकहरु आएर क्यान्सर रोगको उपचारको विशेषज्ञ सेवा दिनेपनि उनले बताए ।नारायणी अस्पतालसंगै कोशी प्रदेशमा कोशी अस्पताल विराटनगर,गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,कर्णाली प्रदेशमा प्रादेशीक अस्पताल सुर्खेत र सुदुरपश्चिमको सेती प्रादेशीक अस्पताल धनगढीमा क्यान्सर उपचार सेवा सञ्चालनमा ल्याइसकिएको उनले जानकारी गराए ।

कार्यक्रममा बोल्दै स्वस्थ्यमन्त्री पौडेलले ७ वटै प्रदेशमा एक÷एक वटा अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सञ्चालन गर्ने सरकारको निर्णय अनुसार मधेस प्रदेशमा नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गरिएको बताए । यसलाई निरन्तरता दिदै नारायणी अस्पतालमै अंग प्रत्यारोपण सेवा र मुटुको शल्यकृया सेवापनि छिट्टै सञ्चालन गर्ने योजना मन्त्रालयको रहेको जानकारीपनि उनले गराए । त्यसका लागि मन्त्रालयले आवश्यक प्रकृया थालिसकेकोपनि उनले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताको अध्यक्षता तथाा मन्त्री पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल,स्वास्थ मन्त्रालयको गुणस्तर तथा मापन शाखाका प्रमुख डा. मदनकुमार उपाध्याय, वीरगन्ज उपमहानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेस नेता शम्भु चौहान, मणिन्द्रलाल नेपाली, मनोज यादव,नविन सिंह,दिलीपराज कार्की, रमेश यादव,रामनिवेश यादव लगायतकोपनि सहभागीता थियो ।

The post वीरगन्जको नारायणी अस्पतालमापनि क्यान्सर रोगको उपचार सेवा सुरु appeared first on Madhes Khabar.


प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,155,Madhes Khabar,155,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,134,राजनीति,76,विजनेश,19,समाचार,36,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: वीरगन्जको नारायणी अस्पतालमापनि क्यान्सर रोगको उपचार सेवा सुरु
वीरगन्जको नारायणी अस्पतालमापनि क्यान्सर रोगको उपचार सेवा सुरु
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2024/09/mantri-cancer-.jpg?resize=1400%2C787&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2024/09/blog-post_34.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2024/09/blog-post_34.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content