महेश दास
बीरगन्ज / नेकपा एमाले पर्साको आयोजनामा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रम बीरगन्जमा सम्पन्न भएको छ ।
पार्टी कार्यालय पर्सामा आयोजित कार्यक्रममा नेपाल को झण्डा झण्डोत्तोलन गरी कार्यक्रम सुरु गरिएको थियो ।
अधिवत्ता हरेराम सरार्फले संविधान गतिशील दस्तावेज भएकोले समय अनुकुल जनचाहना अनुसार शंसोधन गर्न सकिने बताउनु भयो ।
उहाँले विभिन्न खालको भ्रम को खेती गर्नेहरु सित सावधान रहनु पर्ने सचेत गराउनु भएको छ ।
जिल्ला कमिटीको अध्यक्ष डा. विशम्भर कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रम मा प्रदेश सभा सदस्य विणा शर्मा, प्रदेश कमिटी सदस्य मुन्तुरा चौधरी, जिल्ला कमिटी उपाध्यक्ष मनोज कुमार गुप्ताले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम को सहजीकरण सचिव महेश दासले गर्नु भएको थियो ।
प्रतिक्रिया