बारा,८कार्तिकःबाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह घूस लिदै गरेको अवस्थामा पक्राउ परेका छन् ।कलैयामा एक जना सेवाग्राहीसंग ८० हजार रुपैयाँ घु्स लिदैं गरेको अवस्थामा साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
हेटौंडाबाट आएको अख्तियारको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा बिहीबार सेवाग्राहीसंग घुस रकम लिदैं गरेको बेला साहलाई पक्राउ गरेको आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार बिल भुक्तानीको रकम दिएबापत सेवाग्राहीसँग घूस लिँदै गर्दा साह अख्तियारको फन्दामा परेका हुन् ।घुस रकमसहित पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि हेटौंडास्थित अख्तियारको कार्यालयमा लिएर गएको गौतमले जानकारी दिए ।
The post सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साह घुस रकमसहित पक्राउ appeared first on Madhes Khabar.
प्रतिक्रिया