ग्यासु मिया देवान
बिरगंज / डिभिजन बन कार्यालय पर्साको मातहतमा रहेको सब-डिभिजन बन कार्यालय सबैयाको बन झेत्रबाट सालको काठ चोरी तस्करी गरि ल्याउन्दै गरेको अवस्थामा बन सुरक्षा गस्ती टोलिले आज राती उक्त सालको काठ र साईकल पक्राउ गरेको छ ।
सबैया बन सुरक्षा गस्ती टोलिलाई देख्ने बितिकै साईकल र काठ छाडी फरार भएको सब डिभिजन बन कार्यालय सबैयाका फोरेस्टर पुरुषोतम प्रसाद पटेलले बताए ।
डिभिजन बन कार्यालय पर्साका प्रमुख बन अधिकृत मन्जुर अहमदको कडा निर्देशनलाई पुर्ण पालना गर्दै यस क्षेत्रका बन जोगाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र बन रक्षक सहित बन सुरक्षा संयुक्त गस्ती टोलि आ-आफ्नो एरियामा परिचालन भै दिन रात गस्ती गरिएको सब-डिभिजन बन कार्यालय सबैयाका सहायक बन अधिकृत रामप्रवेश प्रसादले बताएका हुन ।
सबैया बन जंगलबाट सालको काठ गोलाई अन्दाजी ५-७ क्युफिटको काठ चोरी तस्करी गरि ल्याउन्दै गरेको बिशेष सूचनाको आधारमा उक्त स्थानमा बन सुरक्षा गस्ती पुग्दा काठ र साईकल छोडी मानिस फरार डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।
पक्राउ गरिएको काठ र साईकल आवस्यक कार्यवाहीको लागि सब-डिभिजन बन कार्यालय पर्सामा बुझाइएको सहायक बन अधिकृत रामप्रवेश प्रसादले बताए ।
प्रतिक्रिया