बीरगंज / फ्रेन्ड्स क्लब अफ बीरगञ्जद्वारा आज बृक्षारोपन कार्यक्रमको शुभारम्भ भएको यस संस्थाका अध्यक्ष सन्दीप चौरसीयाले बताए ।
आजको उक्त बृक्षारोपन कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बिरगंजलाई हाराभरा बनाउने उदेश्यका साथ आज बृक्षारोपन गरि शुभारम्भ गर्नु भएको कार्यक्रमका संचालक राजकुमार साहले बताए ।
क्लबको आयोजनामा भएको सो बृहत बृक्षारोपन कार्यक्रमको सुरुवात बिरगंज महानगर पालिका वडा न, २४ बाट गरिएको संस्थाका अध्यक्ष सन्दीप चौरसियाले बताए ।
आजको उक्त कार्यक्रमका बिशिस्ट अतिथि बिरगंज उद्योग वाणिज्य संघ पर्साका निवर्तमान अध्यक्ष डा.सुबोध कुमार गुप्ता, अतिथिहरुमा नर्सिङ माध्यमिक बिधालयका प्रधानाध्यापक हरिन्द्र प्रसाद कुर्मी, नेपाल शिक्षक महासंघका उपाध्यक्ष हरिन्द्र चौरसिया, जिल्ला सहकारी संस्थाका अध्यक्ष शिवकुमार साह, वडा अध्यक्ष लगायतको सहभागितामा कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको यस क्राइम न्युजलाई बताएका हुन ।
प्रतिक्रिया