ग्यासु मिया देवान
बिरगंज / डिभिजन बन कार्यालय पर्साको मातहतमा रहेको सब- डिभिजन बन कार्यालय सबैयाको बन क्षेत्र भित्र लुकाई छिपाई राखिएको अवस्थामा २०.२१ क्युफिट सालको काठ गोलिया बरामद भएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।
बरामद भएको उक्त काठ सबैया सब-डिभिजन बन कार्यालयमा राखिएको फोरेस्टर पुरुषोत्तम पटेलले बताए ।
तिहार र छ्ट पर्वको मोका छोपी काठ तस्करहरुले बन जंगल भित्र प्रवेश गरेको बिशेष सूचना प्राप्तहुन साथ डिभिजन बन कार्यालय पर्साका प्रमुख बन अधिकृत मन्जुर अहमदको निर्देशनमा सबैया बन ब्यवस्थापन समिति लगायत बन कर्मचारी र बन सुरक्षा गस्ती समेतको टोलिले रातीनै सर्च अभियान चलाई खानतलासी गर्दा तैयारी अवस्थामा बन झाडी भित्री लुकाई छिपाई राखिएको सो परिमाणको सालको काठ बरामद भएको डिभिजन बन कार्यालय पर्साका प्रमुख बन अधिकृत मन्जुर अहमदले बताएका हुन ।
पक्राउ गरिएको उक्त सालको काठ कस्ले र कहाबाट काटिएको हो कहा लगन ओसारपसार गर्न खोजिएको बारे बिशेश अनुसन्धान भइ रहेको डिभिजन बन कार्यालय पर्साका प्रमुख DFO मन्जुर अहमदले जनाएका हुन ।
बन कर्मचारी तथा बन रक्षक गस्ती टोलिले आफ्नो सेडुल अनुसार प्रत्येक दिन बन सुरक्षा सर्च अभियान व्यापक रुपमा बढाएको सब-डिभिजन बन कार्यालय सबैयाका फोरेस्टर पुरुषोत्तम प्रसाद पटेलले बताएका हुन ।
प्रतिक्रिया