ग्यासु मिया देवान
बिरगंज / पर्सागढि नगरपालिका वडा न,३ मा पर्ने झबराहा गाउँको उत्तरपटिको बन जंगलमा लुकाई छिपाई राखिएको अवस्थामा ठूलो मात्रमा सालको काठ र साईकल पक्राउ गरिएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।
डिभिजन बन कार्यालय पर्साका प्रमुख बन अधिकृत मन्जुर अहमदको आगमन भए पछि बन कर्मचारी तथा बन सुरक्षा गस्तीमा निकै उत्साहका साथ काम गरिरहेको पर्साका स्थानीय बुद्धिजीवीहरुले बताए ।
आज सार्वजनिक विदाको दिन नेपालीहरुको महान पर्व बिजय दश्मीको मोका छोपी बन तस्करहरुले सालको काठ गोलिया चार थान साइकलमा लोड ६ थान ३२.६२ क्युफिटको काठ बन जंगल मित्र लुकाई छिपाई राखिएको अवस्थामा बिशेष सूचना पाउन साथ सब- डिभिजन बन कार्यालय सबैयाका सम्पुर्ण कर्मचारीहरु बन जंगल मित्र प्रवेश गरि खानतलासी गर्दा बन झाडी भित्र लुकाई छिपाई बेवारिसे अवस्थामा राखिएको उक्त ठुलो मात्रको काठ र साईकल पक्राउ गर्न सफल भएको डिभिजन बन कार्यालय पर्साका प्रमुख बन अधिकृत मन्जुर अहमदले बताए ।
दशैको सार्वजनिक बिदा भएको मोकाको फाईदा उठाउन बन तस्करहरुले उक्त ठुलो मात्रको सालको काठ लगन तैयारी अवस्थामा राखिएको हुन सक्ने उनले बताए ।
डिभिजन बन कार्यालय पर्साका प्रमुख बन अधिकृत भएर आउनु भएको मन्जुर अहमदको सक्रियतामा बन सुरक्षा गस्तीमा तिब्रता भएको हुन्दा बन तस्करहरु भागाभाग भएका छन र बन कर्मचारीहरु उच्च मनोबलका साथ आ-आफ्नो एरियामा बन सुरक्षाको निमित्त रात-दिन गस्ती गरिरहेको स्थानीयहरुले बताए ।
प्रतिक्रिया