वीरगन्ज,१८असोजः बाराको बरियापुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुका लागि सदरमुकाम कलैयाबाट निःशुल्क बस सेवा सुरु गरिएको छ ।
ओमविनायक ट्राभल्सले घटस्थापनादेखि नवमीका दिनसम्मका लागि सदरमुकाम कलैयाबाट गढीमाई मन्दिरसम्मका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।पशुबलीका लागि विश्वमै प्रसिद्ध रहेको गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षिय मेला बिहीबार घटस्थापनका दिनदेखि विधिवतमा रुपमा सुरु भइसकेको छ । बिहीबार घटस्थापनाका दिन बृहत शोभा यात्रापनि निकालिएको थियो ।
घटस्थापनाका दिनदेखि पञ्चवर्षिय गढीमाई मेला विधिवत रुपमा सुरु भएसंगै मन्दिर र मेलामा दर्शन गर्न चाहने भक्तजनहरुका लागि बिहीबारदेखि नै कलैयाबाट निःशुल्क बस सेवा सुर गरिएको ओमविनायक ट्राभल्स प्रालिका सञ्चालक अच्यूत पौडेलले जानकारी दिए ।
घटस्थापनका दिनदेखि नवमीका दिनसम्म अर्थात असोज २५ गतेसम्म कलैयाको भरत चोकबाट हरेक दिन बिहान ६.३० बजे भक्तजनहरुलाई लिएर बस गढीमाई मन्दिरसम्म जाने र मन्दिरबाट फेरि भक्तजनहरुलाई लिएर बिहान ८.३० बजे बस कलैयामा फर्किने पौडेलले बताए ।बिहीबार गढीमाई मेलाका लागि निकालिएको शोभा यात्रामापनि आँफुले दुई वटा बस निःशुल्क उपलब्ध गराएको जानकारीपनि उनले दिए ।
महागढीमाई नगरपालिका तथा गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा भक्तजनहरुका लागि निःशुल्क बस सेवा सुरु गरिएको उनले बताए ।
महागढीमाई नगरपालिकाका मेयर तथा मेला समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवलेपनि गढीमाई मन्दिर र मेलामा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि ओम विनायक ट्राभल्स प्रालिका अध्यक्ष पौडेलसंगको समन्वयमा कलैयाबाट मन्दिरसम्म निःशुल्क बस सेवा सुरु गरिएको बताए । यसबाहेक बारा बस व्यवसायी संघको समन्वयमा थप अरु चार वटा बसपनि निःशुल्क सञ्चालन गर्ने बारेमा पहल भइरहेको जानकारी उनले गराए ।
The post गढीमाई दर्शन गर्न जाने भक्तजनहरुका लागि निःशुल्क बस सेवा सञ्चालन appeared first on Madhes Khabar.
प्रतिक्रिया