बारा,२८असोजःभारतको सीमासंग जोडिएको बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ कचोर्वा गाँउबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा पटाका बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गोलागन्जबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको नेतृत्वमा खटिएको टोलीले कचोर्वास्थित अरुवा पुलबाट तीन बोरा पटाका बरामद गरेको हो ।
तस्करहरुले भारतबाट ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी टोलीले विभिन्न प्रकारका गरी करिब ३ लाख रुपैयाँ मूल्य बराबरको पटाका बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शर्माले बताए । विशेष सुराकी पाएर खटिएको सशस्त्र प्रहरी टोली अरुवा पुल नजिक पुग्दा तस्करहरु पटाका फालेर फरार भएको उनले बताए ।
बरामद पटाका सिम्रौनगढ नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर जयसवाल, सिम्रौनगढ उद्योग वाणिज्य संघका सदस्य राकिकिशोर सिंह लगायतको रोहबरमा खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।
The post बाराको कचोर्वाबाट ठूलो परिमाणमा पटाका बरामद appeared first on Madhes Khabar.
प्रतिक्रिया