आबिद हुसेन
पर्सा, वीरगञ्ज — जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा ६९ औं प्रहरी दिवस भव्य रूपमा मनाइएको छ। प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति सुरक्षा कायम गर्न प्रहरीको योगदानलाई उच्च मूल्याङ्कन गरे। उनले जनताको सेवामा प्रहरी सधैं तत्पर रहनुपर्ने र भविष्यमा पनि यस क्षेत्रको शान्ति तथा सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए।
कार्यक्रममा प्रमुख अतिथिसँगै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक कुमाेद ढुंगेलले ६९ औं प्रहरी दिवसको अवसरमा पर्सा जिल्लाका सबै नागरिकलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले अपराध नियन्त्रण, शान्ति सुरक्षामा जनतासँगको सहकार्यको महत्व झल्काउँदै प्रहरी र जनताको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन योगदान पुर्याउने सबैलाई आभार व्यक्त गरे।
प्रहरी उपरीक्षक ढुंगेलले नागरिकको समर्थनले मात्र समाजमा शान्ति र सुरक्षा कायम राख्न सकिने बताए। प्रहरी दिवसको यस अवसरमा पर्सा प्रहरीको तर्फबाट अपराध रोकथाम र शान्ति स्थापनाका लागि निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनले धन्यवाद ज्ञापन गर्दै सबै अतिथि र सहभागीहरूलाई धन्यवाद दिए, साथै विभिन्न संघ-संस्थाहरू र पूर्व प्रहरीहरूलाई सम्मान गर्नुले प्रहरीको सेवामा थप उर्जा र प्रेरणा मिल्ने बताए।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले धन्यवाद ज्ञापन गरेका थिए। उनले प्रहरी सेवाको महत्त्वबारे चर्चा गर्दै भविष्यमा पनि प्रहरी र नागरिक समाजबीचको सहकार्यलाई अझ सुदृढ बनाउन सबैले योगदान पुर्याउनुपर्ने धारणा राखे।
प्रहरी निरिक्षक निता थापाले कार्यक्रम संचालन गरेकी थिइन्। यस अवसरमा विभिन्न संघ-संस्थाहरू र पूर्व प्रहरीहरूलाई सम्मान गरिएको थियो। प्रहरी दिवसको यो कार्यक्रमले पर्सा जिल्लामा प्रहरी सेवाको योगदानलाई उच्च सम्मान दिएको छ।
कार्यक्रममा अतिथिका रूपमा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, श्री जंग गणका प्रमुख सेनानी निराजन कटुवाल, वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अरविन्दलाल कर्ण, वडा नं. ४ का अध्यक्ष जगतसाह कानु, वडा नं. २६ का शम्भु मिश्र, नारायणी अस्पतालका निमित्त मेसु डा.सुरेन्द्र चौधरी, र प्रहरी नायब उपरीक्षकद्वय दिपक भारती र सुवास भट्ट नपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहान लगाएतकाकाे उपस्थिति रहेको थियो।
प्रतिक्रिया