वीरगंज, २७ मंसिर/
नेपालबाट गएको दुर्ई र झारखण्ड कोडर्माबाट आएका दुर्ईवटा ग्याँस ट्यांकरबाट भारतको रक्सौल सिमानामा ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।
भन्सार आयुक्त, पटनाको निर्देशनमा सञ्चालित विशेष तस्करी विरूद्धको अभियान अन्तर्गत सूचनाको आधारमा नेपालबाट भारत आउँदै गरेको एलपीजी ट्यांकरबाट ठूलो परिमाणमा गाँजा बरामद भएको भारतीय प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त गाँजा नेरू.१ करोड ६८ लाख ३५ हजार मूल्य बराबर रहेको बताएको छ ।
प्रहरीले भारत कोडर्मा निवासी सञ्जय पासवान, बहादुर यादवलाई पक्राउ गरेको जनाएको छ ।
रक्सौलमा भर्खरै आएका एसपी स्वर्ण सिंहले तस्करी नियन्त्रण गर्न तदारुकता देखाएपछि रक्सौलबाट ब्राउनसुगरसहित चारजना नेपालीलाई पनि पक्राउ गरेको थियो ।

प्रतिक्रिया