भोजपुरी प्रतिष्ठान वीरगंजको कार्य समिति पुनर्गठन भएको छ । अनिता साहको अध्यक्षतामा सात सदस्यीय समिति पुनगर्ठन भएको हो । समितिको सदस्यहरुमा आमोद प्रसाद गुप्ता , सलमा खातुन , सर्वजीत पासवान , अमित अग्रवाल , मुकेश महतो नुनीया र अजय चौरसिया रहेका छन् ।
सल्लाहकारहरुमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर , भाषा आयोगका सदस्य गोपाल अश्क , वरीष्ठ पत्रकार चन्द्रकिशोर ,भोजपुरी प्रज्ञा प्रतिष्ठानके प्राज्ञ सदस्य एव् वरीष्ठ साहित्यकार दिनेश गुप्ता , वरीष्ठ साहित्यकार प्रमोद पाण्डे रहेका छन् ।भोजपुरी प्रतिष्ठान वीरगंजका संस्थापक अध्यक्ष एव् साहित्यकार उमाशंकर दुवेदीको गत २०७९ चैत १७ गते निधन भएपछि प्रतिष्ठानको गतिविधी निस्कृय भएको थियो ।महानगर प्रमुख राजेशमान सिँहको प्रयासमा प्रतिष्ठानलाई पुन सकृय बनाउन नयाँ कार्य समिति पुनर्गठन गरीएको हो । वीरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णको अध्यक्षता तथा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिँहको प्रमुख आथित्यतामा भएको आजको कार्यक्रममा पुनर्गठित समितिका अध्यक्ष र सदस्यहरुलाई मनोनयन पत्र वितरण गरीएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राजेशमान सिँहले भोजपुरी भाषा ,संस्कृती र साहित्यलाई उजागर गर्ने तथा जनजनको मनमनमा पुर्याउने र विकास गर्दै एउटा छुट्टै पहिचान बनाउने उद्देश्यले भोजपुरी प्रतिष्ठानको ठुलो भुमीका हुन सक्ने बताए ।
उनले पछिल्लो समयमा भोजपुरी भाषाप्रतीको वितृष्णा बढेको समयमा प्रतीष्ठानमा विभिन्न विधाबाट आबद्ध कार्य समितिका सदस्यहरुले ईमान्दारी पुर्वक लाग्नुपर्नेमा जोड दिए ।
मेयर सिँहले वीरगंजका विधालयहरुमा कम्तीमा हफ्तामा एक दिन भोजपुरी भाषा साहित्य , सस्कृतीको बारेमा कक्षा संचालन गर्ने योजनामा रहेको बताए । साथै भोजपुरी , भाषा , संस्कृती झल्काउने संग्राहलय समेत स्थापना गर्ने योजना रहेको बताए ।
उनले भोजपुरी भाषा अनय भाषा जस्तै सम्मानजनक तथा अन्तराष्ट्रिय स्तरमा समेत बोलिने भाषा रहेकोले यसको उत्थान तथा विकासका लागि युवाहरुको आकर्षण बढाउनुपर्ने आवश्यकता औल्याएका थिए ।
त्यस्तै कार्यक्रमका अध्यक्ष एव् वीरगंज महानगरपालकिाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले स्थानीय भाषाको विकासका लागि स्थानीयकै भुमीका महत्वपुर्ण रहेको बताए । उनले भोजपुरी भाषा , संस्कृती , साहित्य , रहनसहन , खानपान लगायतका विषयवस्तुमा आधारीत पुस्ताकलय , संग्राहलय ,आर्ट ग्यालरी तथा पाठ्यक्रम तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
The post भोजपुरी प्रतिष्ठान वीरगंजको कार्य समिति पुनर्गठन,भोजपुरी भाषा , संस्कृती र साहित्यको उजागरमा लाग्न मेयर सिँहको आग्रह appeared first on Madhes Khabar.
प्रतिक्रिया