वीरगन्ज,१२पुसःप्रदीप खण्डेलवाल मेमोरियल ट्रष्टले वीरगन्जमा शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ४ जनाले रगतदान गरेका छन् ।
ट्रष्टको सातौं वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४ जना महिलासहित १ सय ४ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । उनका अनुसार, कार्यक्रममा अजय कुमार चौधरी,विजय चौधरी थारु, प्रिती पटेल, रन्जय गुप्ता,जयमंग लल मुखिया , राजेश गौरो,खुश्बु गुप्ता, रश्मि श्रेष्ठ, देवनारायण चौधरी, अमर गुप्ता, स्वागतम चौधरी लगायतकाले रत्तःदान गरेका हुन् ।
ट्रष्टकी पुष्पादेवी खण्डेलवालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक कुमार टेमानीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा ट्रष्टका प्रकाश खण्डेलवाल, औषधी व्यवस्था विभाग वीरगन्जका प्रमुख अरबिन्द बानिया , नेपाल औषधि व्यवसायी संघका ताजुदिन अन्सारी, डा. प्रमोद सर्राफ, नेपाल रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तव, रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्तालगायतको पनि उपस्थिति रहेको थियो ।
The post वीरगन्जमा प्रदीप खण्डेलवाल ट्रष्टको वार्षिकोत्सवमा १०४ जनाले गरे रगत दान appeared first on Madhes Khabar.
प्रतिक्रिया