स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

जगरनाथपुरको पाडा बजारबाट तस्करीको एक ट्रक भैंसी र पाडा पक्राउ

SHARE: 520

वीरगन्ज,२६पुसःपर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ मा अवस्थित पाडा बजारबाट सशस्त्र प्रहरीले एक ट्रक भैंसी र पाडा नियन्त्रणमा लिएको छ ।

भारतबाट भन्छार छलेर अवैध रुपमा भित्रयाइएको भैंसी र पाडाहरु जगरनाथपुरको पाडा बजारबाट बिहीबार राति ट्रकमा लोड गरेर बाराको जीतपुर हुदैं काठमाडौं पठाउने तयारी भइरहेको सूचना स्थानीयबासीले सशस्त्र प्रहरीलाई दिएका थिए । त्यहि सूचनाको आधारमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भीखमपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक रमेश गुरुङको नेतृत्वमा खटिएको टोलीले ना ७ ख ६२८० नम्बरको ट्रकमा लोड गरिएका भैंसी र पाडासहित दुई जना मानिसलाईपनि नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको उक्त ट्रकमा ११ वटा भैंसी र ९ वटा पाडा रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक गुरुङले जानकारी दिए । नियन्त्रणमा लिइएका दुई जना व्याक्ति चरवाहा रहेकाले उनिहरुको नाम भने सशस्त्र प्रहरीले खुलाएको छैन ।
भारतबाट भन्सार राजश्व छलेर अवैध रुपमा भित्रयाइएको आशंकामा भैंसी र पाडासहितको उक्त ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक गुरुङले बताए । नियन्त्रणमा लिइएका भैंसी र पाडा जीतपुरका कारोबारी सदाब हुसेनको रहेको अनुसन्धानका क्रममा खुलेको गुरुङले बताए ।

नियन्त्रणमा लिइएको भैंसी र पाडासहितको ट्रक आवश्यक कारबाहीका लागि शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी उनले दिए ।

सशस्त्र प्रहरीले पाडा बजारबाट बिहीबार राति एक ट्रक भैंसी र पाडा नियन्त्रणमा लिएपनि अन्य दुर्ई वटा ट्रक भने सशस्त्र प्रहरी आउनुभन्दा पहिले नै भैंसी र पाडा लोड गरेर भाग्न सफल भएको जगरनाथपुरका स्थानीयले बताएका छन् ।

स्थानीय एक व्याक्तिले मधेसखबरसंग भने,‘ पाडा बजारमा राति तीन वटा ट्रकमा तस्करीको १ सय भन्दा बढी पाडा र भैंसीहरु लोड हुदैं थियो ।त्यो खबर हामीले सशस्त्र प्रहरीलाई दियौं ।तर सशस्त्र प्रहरी आउनु भन्दापहिले नै दुई वटा ट्रकहरु भैंसी र पाडाहरु लोड गरेर भागे । एउटा ट्रकमात्र समातियो ।’

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझाएको भैंसी र पाडासहितको ट्रक छुटाउनका लागि जगरनाथपु्र गाँउपालिकाका केहि वडाध्यक्षहरुले चलखेल गरिरहेको ती व्याक्तिले बताए ।ती व्याक्तिले भने,‘एक जना वडाध्यक्ष भैसी र पाडा छुटाउन वडा कायालयबाट फर्जि सिफारिसको पत्र बनाएर भन्सार कार्यालयमा पुगेको खबर छ ।’

 

The post जगरनाथपुरको पाडा बजारबाट तस्करीको एक ट्रक भैंसी र पाडा पक्राउ appeared first on Madhes Khabar.


प्रतिक्रिया





तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,IFTTT,446,Madhes Khabar,446,news,1383,अपराध,34,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,140,राजनीति,76,विजनेश,19,समाचार,48,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: जगरनाथपुरको पाडा बजारबाट तस्करीको एक ट्रक भैंसी र पाडा पक्राउ
जगरनाथपुरको पाडा बजारबाट तस्करीको एक ट्रक भैंसी र पाडा पक्राउ
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2025/01/pada-.jpg?resize=1400%2C758&ssl=1
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2025/01/blog-post_64.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2025/01/blog-post_64.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content