ग्यासु मिया देवान
बिरगंज / राष्ट्रिय समाचार समिति (रासस) वीरगञ्ज कार्यालयको आयोजना मङ्गलबार राससको ६४ औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र रासस भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय जनार्दन सिंह क्षत्री ज्यू, जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, सहायक सिडिओ सुमनकुमार कार्की जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बल पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामी, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान प्रमुख दिलिपकुमार सिंह, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, वीरगञ्ज उद्योग वाणिजय संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साह, नेपाल बीमा प्राधिकरण मधेश प्रदेश प्रमुख प्रिति देव, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट,
पर्साका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ पर्साका प्रतिनिधिसहित पर्साका विभिन्न पत्रकारका संघसंगठनका अध्यक्ष तथा प्रतिनिधि,नागरिक समाज, पर्सामा सामाजिक क्षेत्रमा क्रियाशिल लब्धप्रतिष्ठत व्यक्तित्वहरुको उपस्थितमा सभ्य र भब्य रुपमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा बक्ताहरुले जिम्मेवार पत्रकारिता र राससको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा आ-आफ्ना धारणा राखेका थिए ।
बि,स, २०३६ सालमा स्थापना भएको राष्ट्रिय समाचार समिति ( रासस ) ६४ औ बर्षमा प्रवेश गरेको र विभिन्न भाषामा समाचार उत्पादन गर्दै फोटो, फिचर, अन्तरबार्ता, भिडियो, दृश्य, र खोज मुलुक सामाग्री लगायत पाठकको मन जितन सफल भएको आजको उक्त कार्यक्रममा सहभागीहरुले बताए ।
रासस बिरगंज कार्यालयका प्रमुख हिमाल लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय संचारकर्मीहरुको उल्लेखनीय सहभागीता रहेको थियोे ।
प्रतिक्रिया