बिरगंज / नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क ईन्टरनेट कम्युनिकेसन्स लिमिटेडले सुरक्षित इन्टरनेट दिवसको अवसरमा मधेस प्रदेशको सिमरा, बिरगंज, जनकपुर, गौरको इश्वरपुरमा वर्ल्डलिङ्क इन्टरनेट एकेडेमी (WIA) को माध्यमबाट इन्टरनेट साक्षरता सत्रको आयोजना कार्यक्रम गरिए छ ।
बिरगंजको श्री नरसिंह माध्यमिक बिद्यालय, सिमराको श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय, गौरको श्री जुद्ध सेकेण्डरी स्कूल, इश्वरपुरको लालीगुराँस ऐकेडमी, धनुषाको श्री लक्ष्मीनिया जनता माध्यमिक बिद्यालयमा सत्रको आयोजना गरिएको थियोे ।
डिजिटल साक्षरता, डिजिटल प्लेटफर्महरूसँग परिचितता, इन्टरनेटका आधारभूत कुराहरू बुझ्ने, इन्टरनेट समस्याहरूको आधारभूत समस्या समाधान निवारण गर्ने उद्देश्यका साथै इन्टरनेट प्रयोग गर्दागर्दै हुने इन्टरनेट सम्बन्धि जोखिम न्यूनीकरण कसरी गर्ने मुख्य उदेश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको थियो ।
वल्र्डलिङ्कको कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त सत्र सम्पन्न भएको छ ।
सत्रको लक्षित समूह कक्षा ७ देखि १० सम्मका विद्यार्थी थिए जसमा ३५० भन्दा बिधार्थीहरु लाभंभित भएका छन् ।
आगामी दिनहरुमा मधेस प्रदेश भरि नै यस्ता कार्यक्रम सत्रहरु संचालन गरिने बिरगंज शाखा प्रमुख सुचित पौडेलले जनाएका हुन ।
प्रतिक्रिया