पिन्टु कुमार यादव
राजविराज / होली पर्वको मुखमा सप्तरी सदरमुकाम राजविराजको सखडा मोडमा बुधबार साँझ छुरा प्रहार गरेर दुईजना युवकलाई घाइते बनाएको छ ।
छुरा प्रहारबाट जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ ब्रहम्प्रपुर बस्ने २६ वर्षीय सुनिल यादव र राजविराज बस्ने २२ वर्षीय सुभाष यादव घाइते भएका हुन।यधपी सप्तरी प्रहरीले घटनामा संलग्न रहेको आशंकामा बिरेन्द्र कुमार यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताएका छ्न ।
साथीले बोलाइएको ठाउँ सखडामोडस्थित मोटरसाइकल गाइरेज नजिक गएको केहीबेरमै १५/२० जनाको संख्यामा आएका युवकहरुले छुरा प्रहार गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
घाइते मध्ये सुभाषको अवस्था गम्भीर रहेको,उनलाई तीन ठाउँमा छुरा प्रहार गरिएको स्रोतले बताए ।पारिवारिक स्रोतले गम्भीर घाइते सुभाषलाई बिराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको बताएका छ्न ।
सप्तरी प्रहरीका अनुसार साथीहरुबीच नै विवाद हुँदा दुईजनामाथि छुरा प्रहार गरिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ।तर,घटनाको कारण भने खुल्न नसकेको स्रोतले बताए ।प्रहरीले घटना सम्बन्धमा अन्य अनुसन्धान कार्य भइरहेको बताएको छ ।
प्रतिक्रिया