गुप्तालाई भारतको बिहार राज्यअन्तर्गत मोतीहारी जिल्लाको जमुनियाबाट भारतीय शसस्त्र सिमा बल (एसएसबी) को टोलीले मंगलबार राति नियन्त्रणमा लिएको हो। उनलाई रौतहटसँग जोडिएको सिमानाबाट लैजाँदै गर्दा एसएसबीले शंका लागेर सोधपुछ गर्दा उनले फरक–फरक बयान दिएका थिए। कडाईका साथ सोधपुछ गर्दा उनले वास्तविक उद्देश्य स्वीकार गरेका थिए।
पक्राउ परेपछि भारतीय एसएसबीले उनलाई रौतहट प्रहरीमार्फत बारा प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायले जानकारी दिए। डीएसपी रायका अनुसार उनीहरूको घर बारा जिल्लामा परेको हुँदा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा जिम्मा दिइएको छ।
यस घटनाले महिला तथा बालिका तस्करीको समस्या अझै पनि गम्भीर रहेको संकेत गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।