२०८२ जेष्ठ १ गते बुधबार २३:०८
वीरगंज, २० बैशाख । उपकार सेवा नेपालले पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ सुगौली निवासी बाघा राम र प्रभावती रामकी छोरीको विवाहमा खाद्यान्न लगायतको सामग्री सहयोग गरेको छ । राजकुमारी रामको बैशाख २२ गते सखुवा प्रसौनी गाउँपालिका–५ बालुवा निवासी स्व. माठा रामका छोरा दीपक रामसँग विवाह हुन गइरहेको छ । तर बुवा दीर्घ रोगी र आमाबाहेक परिवारमा काम गर्ने कोही नभएकाले विवाह खर्च जुटाउन सकिएको थिएन । यसबारे जानकारी उपकार सेवा नेपालकी अध्यक्ष बिध्या कुमारी सरावगीले पाएपछि उहाँले तत्काल सहयोग स्वरुप विवाहका लागि आवश्यक खाद्यान्न तथा सामग्रीहरू सहयोग गर्नुभएको छ । उनले ५० किलो चामल, १० किलो दाल, २० किलो पिठो, ५ लिटर खाने तेल, २० किलो चिउरा, ४ किलो नून, २० किलो आलु, ५ किलो प्याज साथै लुगा तथा भाँडाकुँडा (४ थान साडी, २ थान टवेल, १ थान चुनरी, १ थान टि–सर्ट, ३ थान पर्स, ४ सेट प्लेट, कचौरा र गिलास), साथै एक सेट टेबल पंखा लगायत अन्य विवाह सामग्रीहरू प्रदान गरिएको छ। सामग्रीहरू बिहेको घरमै पुगेर अध्यक्ष सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू तथा संस्थाका सदस्य अंकुर शर्मा र अवधेश मिश्राले बेहुलीकी आमा प्रभावती रामलाई हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस