( ग्यासु मिया देवान )
बिरगंज / पर्साको सदरमुकाम बिरगंज निवासी एक नाबालिग बालिका सिद्धि मिश्र रहस्यमय अवस्थामा परिवार संग सम्पर्कविहीन भएकी छिन ।
निजका परिवारहरुले व्यापक खोजतलास तथा विभिन्न प्रयास गर्दा समेत हालसम्म उक्त हराएकी नाबालिक बालिका फेला नपरेको परिवारजनहरुले बताए ।
सो बिषयमा जानकारी हुन साथ भारतीय सशस्त्र सिमा बलका मानव तस्करी रोधक इकाई कार्यालयका सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर मनोज कुमार शर्माले उक्त घटनालाई गम्भीर रुपमा लिदै
हराएकी उक्त नाबालिक बालिकाको खोजी कार्यलाई तिब्रताका साथ सुरक्षित उद्वार गराउन विभिन्न अनुसन्धान कार्यवाही प्रक्रियामा तिब्रता दिएका हुन ।
उक्त हराएकी नाबालिक बालिका सिद्धि मिश्रको अवस्था बारे सूचना वा जानकारी दिनेलाई नगद रु, एक लाख पुरस्कार दिने इन्स्पेक्टर मनोज कुमार शर्माले बताए । उहाँले नाबालिक बालिका सिद्धि मिश्र सम्बन्धी कुनै जानकारी भएमा वा कतै देखिएमा तत्काल इन्स्पेक्टर मनोज कुमार शर्माको वाट्स्प मोबाइल नम्बर + 91-
8853703761 मा सम्पर्क गर्न वा जानकारी गराउन सर्वसाधारणहरु संग अनुरोध समेत गर्नुभयो ।
इन्स्पेक्टर मनोज कुमार शर्माले मानव तस्करी रोक-थामको निमित्त एक अनुभवी, क्रियाशिल, इमान्दार र निष्ठावान अफिसर हुन, वाहाले बिगमतमा सिमा सुरक्षा तथा मानव तस्करी रोक्न सक्रियताका साथ धेरै नाबालिक बाल-बालिका तथा चेलीबेटीहरुलाई सकुशल उद्वार गरि परिवारजनको जिम्मा लगाएका हुन।
इन्स्पेक्टर मनोज कुमार शर्माको उल्लेखनीय कार्यको प्रसंशा सधै याहाका स्थानीय बुद्धिजीवीहरुले गर्ने गरेका छन ।

विश्व साइकल दिवसको अवसरमा वीरगञ्जमा साइकल र्याली, स्वस्थ जीवनशैली र वातावरण संरक्षणमा जोड ।
( ग्यासु मिया देवान ) वीरगञ्ज, जेष्ठ २०/ विश्व साइकल













