२०८२ जेष्ठ १ गते बुधबार २३:१६
वीरगंज, २० वैशाख । जिल्ला प्रहरी कार्यालय, बाराले २२५ किलो लागू औषध गाँजा सहित चारजनालाई पक्राउ गरेको छ । आज बिहान २ः०० बजे इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको कमाण्डमा खटिएको प्रहरी टोलीले बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं.३ बातारा स्थित खेतमा पार्किङ गरी राखेको प्र.२–०३–००१ त ४८७६ नम्बरको ट्याक्टर चेकजाँच गर्दा ढाला मुनि फल्स बटन बनाई लुकाई छिपाई राखिएको अवस्थामा १५ वटा कार्टुनबाट २२५ किलो गाँजा बरामद भएको जिप्रका, बाराले जनाएको छ । प्रहरीले ट्याक्टर चालक जिल्ला बारा आदर्शकोतवाल गा.पा. ३ बातारा बस्ने वर्ष ३० को नन्दकिशोर मुखिया बिन, मकवानपुर, हेटौडा न.पा. ४ बस्ने वर्ष २१ को कमाण प्रजा, कैलास गा.पा. ४ देवतिस बस्ने वर्ष २४ को सिताराम प्रजा र बकैया गा.पा. ५ छतिवन बस्ने वर्ष २२ को नवराज मगरलाई पक्राउ गरिएको जिप्रका, बाराले जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस