२०८२ जेष्ठ २० गते मंगलवार ०५:०४
वीरगंज, १० जेठ । नेकपा (एकीकृत समाजवादी) पर्साको प्रथम जिल्ला कमिटी बैठक शनिवार सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा बसेको बैठकले १९ सदस्यीय सचिवालय गठन गरेको छ । समितिमा जिल्ला पदाधिकारी अध्यक्ष थापा, उपाध्यक्ष बिक्रम चौरसिया, सचिव गंगा खड्का, उप सचिव मंजुर आलम, टेकनारायण महतो, योगमाया तामाङ, क्षेत्र नं. १ बाट शान्ता देवी महर्जन, राधेश्याम सिंह, मनोज पटेल, क्षेत्र नरुं. २ बाट रमेश चौधरी, विनयलाल साह, नेपाल इनदु साह, रेविन्द्र बहादुर कार्की, क्षेत्र नरुं. ३ बाट राजेन्द्र चौधरी, विनोद कुमार जयसवाल, वृजेश चौहान, क्षेत्र नं. ४ बाट भोला महतो र शुशिल हजारा चयन भएका छन् । यसैगरी बैठकले पार्टीका अनुशासन विपरित काम गर्ने दुर्ई जनालाई कारबाई समेत गरेको छ । बैठकले पार्टीको अनुशासन विपरित काम गर्ने जिल्ला सदस्य राघव साह र अनिल पटेललाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको जिल्ला सचिव गंगा खड्काले जानकारी दिए । जिल्ला समन्वय समितिमा पर्साको सभाहलमा बसेको बैठकको उदघाटन पार्टीका स्थायी कमिटी सदस्य नागेन्द्र चौधरीले गरेका थिए । बैठकलाई सम्बोधन गर्दै नेता चौधरीले रोजगारी र सुशासनको लागि समाजवादी क्रान्तिको तयारी पार्टी लागेको वताए । उनले कुशासन र भ्रष्टाचारका कारण बेरोजगारी सृजना भएको वताउँदै अब त्यसको अन्त्यको लागि समाजवादी क्रान्तिको जरूरी रहेको वताए । पार्टीका केन्द्रिय सदस्य मनोज चौधरीले पार्टीमा एक ढिका भएर सबै आआफ्नो ठाउँबाट पार्टीको काम गर्नु पर्ने वताए । पार्टी अनुशासन विपरित काम गर्ने जोकोईलाई पार्टीले नछोडने उनले चेतावनी समेत दिए । बैठकमा पार्टीका केन्द्रिय लेखा समिति सदस्य किशोरी कुशवाहा, प्रदेश समिति सदस्य सुभदार यादव, वृज यादव, रामेश्वर धानुक, प्रभु कुर्मी लगायतको उपस्थिति रहेको थियो । बैठक मै गत चैत १३ गते भएको जिल्ला अधिवेशनबाट निर्वाचित वाकी जिल्ला सदस्यहरू सपथ ग्रहण समेत गरेका थिए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस