२०८२ जेष्ठ २० गते मंगलवार ०४:५३
वीरगंज, १२ जेठ । सशस्त्र प्रहरी बल पर्साले १० लाख ८४ हजार मूल्य बराबरको अवैध भन्सार छलीको सामान नियन्त्रणमा लिई वीरगंज भन्सार दाखिला गरेको जनाएको छ । जेठ ११ गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज म.न.पा. अन्तर्गतका विभिन्न स्थानहरूबाट भन्सार छलीका आठ लाख ३७ हजार १२० बराबरको विभिन्न सामानहरू नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीले दुर्ई थान मोटरसाईकल, किराना, तयारी कपडा, मोवाईल पाट्र्स, मोटर पाट्र्स, फलफूल, मदिरा आदि सामान तथा अवैध रूपमा ओसारपसार गर्न प्रयोग गरिएका मोटरसाइकलहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ। यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले अलौ तथा कोनिया इलाकाबाट १ एक लाख १८२०० मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ । त्यस्तै वि.ओ.पी. प्रसौनीभाठा र बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलीले पनि रू. १,२८,८७०।– बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी गराएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस