२०८२ जेष्ठ १९ गते सोमबार २३:३१
वीरगंज, १२ जेठ । प्रतिनिधिसभा सदस्य बिना देवी जैसवालले संसदीय विकास कोष मार्फत वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवास्थित श्री रामजानकी माध्यमिक विद्यालयमा नयाँ दुर्ई तल्ले भवन निर्माण कार्य शुरु गरेकी छन् । आज एक कार्यक्रमबीच शिलान्यास गर्दै उनले विद्यालय परिसरमा आधुनिक सुविधासम्पन्न दुर्ई तल्ले पक्की भवन निर्माण गरिने बताइन् । सांसद जैसवालले शिक्षा क्षेत्रमा लगानी भविष्यको लागि लगानी भन्दै शिक्षा नै परिवर्तनको आधार रहेको बताइन् । ग्रामीण क्षेत्रका बालबालिकाले पनि गुणस्तरीय र सुरक्षित शैक्षिक वातावरणमा पढ्न पाउनुपर्नेमा उनको जोड थियो । सरकारको स्रोत सीमित भए पनि, जनप्रतिनिधिहरूले आफूले पाएको अधिकारको सदुपयोग गर्दै जनताको आधारभूत आवश्यकताहरू पूरा गर्न कर्तव्यबद्ध रहेको उनले बताइन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सांसद जैसवालप्रति आभार प्रकट गर्दै भवन निर्माणले विद्यार्थीहरूलाई सुरक्षित र व्यवस्थित कक्षा कोठामा अध्ययन गर्न सहज हुने बताए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस