२०८२ जेष्ठ २० गते मंगलवार ०४:२१
वीरगंज, १२ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले मधेशमा युवामुखी कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । मधेश प्रदेशमा उद्यमशीलता र स्टार्टअप संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले वीरगंजमा एकदिने सेमिनारमा बोल्दै उनले नीतिगत सहजीकरणको खाँचो औंल्याए । उनले शिक्षालाई व्यावसायिक सोचसँग जोड्ने संस्थागत प्रयास आवश्यक भएको बताए । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले मधेशमा उद्यमशीलताको अपार सम्भावना रहेको बताए । शिक्षित युवालाई स्टार्टअप संस्कृतिमा आकर्षित गर्न नीति निर्माता, शैक्षिक संस्था र उद्योग क्षेत्रबीच समन्वय अपरिहार्य भएको बताए । वीरगंज पब्लिक कलेजको आयोजनामा र विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा आयोजित मधेश, नेपालमा उद्यमशीलता र स्टार्टअप इकोसिस्टम विकास विषयक सेमिनारमा मधेश विश्वविद्यालयका प्राध्यापक डा. दीपक शाक्यले नवीन सोच, प्रविधि र स्थानीय स्रोतको सदुपयोगमार्पmत मधेशमा उद्यमशीलतालाई संस्थागत ढंगले अगाडि बढाउनु पर्नेमा जोड दिए । उहाँले युवालाई नवप्रवर्तनमा आधारित स्टार्टअपतर्फ आकर्षित गर्न शैक्षिक तथा नीतिगत सहकार्य अपरिहार्य भएको धारणा राखे । कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष निरज अग्रवाल, नेशनल यंग इन्टरप्रेनर्स फोरमका अध्यक्ष पंकज अग्रवाल लगायतले मधेशको औद्योगिक भविष्य र युवाको उद्यमशील क्षमतावारे आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस