२०८२ जेष्ठ १९ गते सोमबार १८:२०
वीरगंज, १६ जेठ । सशस्त्र प्रहरी बल पर्साले १३ लाख ८० हजार ९६० बराबरको सामान भन्सार दाखिला गरेको जनाएको छ । जेठ १६ गते सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि.ड्राईपोर्टबाट खटिएको टोलीले वीरगंज–२५ स्थित चण्डालचोकबाट भारतबाट अवैध रूपमा भन्सार छलि प्रदेश २–०३ ००१ स ४२६४ नम्बरको ई–रिक्सामा लोड गरी ल्याउँदै गरेको २ लाख ७० हजार बराबरको मोटर पार्टस र रू.२ लाख बराबरको ई–रिक्सा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीले सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जनाएका छन् । यसैगरी वीरगंज–१६ नगवा गाउँ स्थित डम्पिङ्ग साईटबाट सशस्त्र प्रहरी बल, नेपाल प्र.सी.सु.गुल्म वीरगंजबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली ४ वटा साईकलहरूमा लोड गरि वीरगंज ल्याउँदै गरेको रू.८,३६,९५०।– बराबरको मोबाईल पाट्स्, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुज साथै उक्त सामानहरू ढुवानी गर्न प्रयोग गरिएका ४ वटा साईकल नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ । यसैगरि भगुवा तथा नगवा इलाकाबाट रू.७३,८००।– बराबरको कपडा र किराना सामान समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी गराएका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस