आइतवार दिउँसो २.३० बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित बालमन्दिर अगाडिको सडक पार गर्ने क्रममा ना १ क ८०५६ नम्बरको टिपरले शीवानीलाई ठक्कर दिएर किचेको थियो । गम्भीर घाइते शीवानीलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनावारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।