२०८२ जेष्ठ २१ गते बुधबार ०२:२९
वीरगंज, १९ जेठ । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी रहने बताउनुभएको छ । स्व. श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहदेव सरकारको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै प्रवक्ता चन्दले यस्तो बताउनुभएको हो । वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमाचोकस्थित वीरेन्द्र शालिक प्रांगणमा आयोजित कार्यक्रममा उहाँले जारी आन्दोलनलाई कसैले दायाँ–बायाँ गर्न खोजे ठीक नहुने चेतावनी दिंदै मुलुकको वर्तमान दयनीय अवस्थाबाट उकास्न राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य भएको बताउनुभयो । उहाँले स्व. राजा वीरेन्द्रको जीवनीबारे पनि चर्चा गर्दै स्व. राजाबाट जारी भएको संविधान २०४७ अहिलेको अवस्थाबाट मुलुकलाई उकास्न पुनः स्थापित गर्नुको विकल्प नरहेको बताउँदै स्व. श्री ५ वीरेन्द्रप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । कार्यक्रममा राष्ट्रिय बजरंग दलका अध्यक्ष राजु जयसवालले स्व. राजा वीरेन्द्रको जीवनीबारे चर्चा गर्दै मुलुकलाई विदेशी दलालहरुको चंगुलबाट उकास्न संविधान २०४७ अर्थात् राजसंस्था र हिन्दु अधिराज्य पुनः स्थापनाको कुनै विकल्प नरहेको दावी गर्नुभयो । समाजसेवी पशुपति विक्रम शाहको अध्यक्ष्Fतामा आयोजित कार्यक्रममा राष्ट्रवादी नेताहरुसहित आम जनमानसको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस