बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवादमा ३५ वर्षीय बच्चा मियाँले आफनो पत्नी २३ वर्षीया सहीना खातुनको दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घरायसी विवाद हुँदा बुधवार मासु काट्न प्रयोग हुने दाउले टाउको र घाटीमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलीले बच्चा मियाँलाई नियन्त्रणमा लिएको छ भने घटनामा प्रयोग गरिएको दाउ समेत बरामद गरेको छ । जिप्रका बाराबाट प्रहरी निरीक्ष्Fक सुरेशराज भट्टको कमाण्डमा घटिएको टोलीले घटना वारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।












